भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कति बसूँ पर्खेर तिमीलाई सम्झेर / माधव खनाल भावुक
Kavita Kosh से
कति बसूँ पर्खेर तिमीलाई संझेर ।
सास मात्र राखेर मुटु लग्यौ चुँडेर ।
वेदना त्यो सहेर तिम्रो माया हुर्केको,
संझनाको चोट परो हृदय यो चर्केको ।
चोट कत्ति सहनू हृदय यो चर्केको ।
सार फेरि राप बाली जिन्दगी खरानी भो,
बाटो हेरी औंलो गनी आशा पनि पानी भो ।
आशा लिई व्यर्थैमा दिन बित्यो रोएर ।
हाँसो खेली मुसुक्क अधरमा आएथ्यो,
क्षणिक त्यो हर्ष मेरो मन महाँ ल्याएथ्यो ।
स्वप्न जानी भेट त्यो आँखालाई धोएर ।
जीवनको हाँसोलाई एकै छिन रोकेर,
हृदयको कुनामा माया पोको बोकेर ।
आई गयौ जीवनमा आशा रानी बनेर ।
*****