भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कतै नभनेको एउटा कुरा / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कति बृहद्
कति विस्तृत
तिम्रो साथको परिधी
तिम्रो सङ्गतको व्यापकता।

साथीको साथ
मायालुको विश्वास
अभिभावकको आभास ।

तिमीसँगको साथमा मैले
एउटा नयाँ धरती,
एउटा बेग्लै आकाश
र एउटा स्वर्णिम संसार भेट्टाएकी छु ।

मैले तिमीसँग व्यक्त नगरिकन
तिमीसँगै
कतै नदेखिने माया लाएकी छु ।