Last modified on 19 मई 2020, at 13:36

कर्म हो यज्ञ हिम्मती भई पूजामा लाग है / मञ्जुल

 दाजु
 
कर्म हो यज्ञ हिम्मती भई पूजामा लाग है
कर्म नै महान् हो भन्ने ज्ञानले सचेत भै जाग है
 
कतै छन् हेर लास नै लास गोलीले ढलेका
कतै छन् घर खण्डहर भई आगोले जलेका
के सीमा छ र पीडाको कठै ! जाँ'तहीँ सुनिन्छ
चित्कारको एउटा आवाज अर्को चित्कारले थुनिन्छ
 
पीडाको आँसु पुछ्दिन सके हात हात हुन्छन् है
अँध्यारा काला बर्बर रात डराई रुन्छन् है
मानवताले उज्यालो हुन्छ धर्तीको आकाश
सत्यकै जीतमा दृढ भै उठ्छ मान्छेको विश्वास ।