Last modified on 23 अगस्त 2020, at 10:37

कविताबाट पछार्रियो त्यो घोडा / महमुद दरविस / सुमन पोखरेल

त्यो घोडा कविताबाट पछार्रियो
जब ग्यालियन नारीहरू
गोदाबारी फूलमाथि नाच्दै
पुतली र शीतले भिजेथे
 ‘
दुईजना अनुपस्थितहरू – तिमी र म
अनुपस्थित दुईजना तिमी र म हौँ ।

एक जोडी सेता परेवा
पिपलका हाँगामा गफ्फिइरहेका

प्रेम छैन, तर म
प्राचीन प्रेमकवितालाई प्रेम गर्छु
जसले बिरामी जूनलाई धूँवा लाग्नबाट छेकिदिन्छन्

प्रहार गर्छु र म पछि सर्छु,
श्लोकमा भ्वाइलिनजसरी
ठाउँको नक्साङ्कनको नजीक हुँदा
आफ्नो समयभन्दा टाढा पुग्छु म...

हामीले मनपराएकाको उत्सव गर्नका लागि आधुनिक भाषामा कुनै ठाउँ उब्रिएको छैन,
किनभने ती सबै... ‘थिए’ ... हुनेछन्

त्यो घोडा रक्ताम्य भएर पछार्रियो
मेरो कविताबाट
र म लडेँ
घोडाको रगतले रक्ताम्य भएर...