Last modified on 19 जुलाई 2017, at 11:26

कसले मेरो हृदयवीणा आज फेरि झञ्झनायो / माधव खनाल भावुक


कस्ले मेरो हृदय-वीणा आज फेरि झन्झनायो ।

स्वर छ मीठो औ सुरीलो,
राग सुन्दा मन हँसीलो ।

कस्ले मेरो सुप्त उरमा प्रेमको संदेश ल्यायो ।

कहिले सोची प्रेम वर्णन,
गर्दथ्यो जब हर्षको क्षण ।

मन मलिन भो नेत्र डगमग दुःखको अनि राज्य छायो ।

चन्द्रमा छन तेही नभमा,
वायू शीतल नै छ सबमा ।

तर म माथि कस्तो आपद सुख र वैभव सब हरायो ।

                        ****