भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कसो गरी तिमी मेरो / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कसो गरी तिमी मेरो मनभित्र बस्यौ
मेरो बन्द मुटुभित्र कसोगरी पस्यौ

को आउने हो आँखा सामू थाहै थिएन
कसैलाई भेट्ने मेरो चाहै थिएन
कतै जूनसँग खेल्दै थियौ कि तिमी
कसो गरी अचानक मेरो सामू खस्यौ

पिरतीको रहर मलाई कत्तै थिएन
मुटु कहाँ जोडिने हो पत्तै थिएन
माया बोकी कहाँबाट आईपुग्यौ तिमी
कसो गरी मलाई बन्धनमा कस्यौ