भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कस्तो निराशा सधैँ ! / बद्रीप्रसाद बढू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धेरै वर्ष बिते कठै ! तर यहाँ उस्तै छ हाम्रो व्यथा !
कैयौं प्राण गुमे हरे !! तर यहाँ फर्केन राम्रो प्रथा !
गुम्सी बाँच्नु पर्यो कठै ! तर यहाँ चक्का हुने जाम रे!
देशै बन्द हुने प्रथा चलिसक्यो कस्तो निराशा सधैँ !//१//

पैले शान्ति थियो भनिन्छ तर त्यो अन्योल भ्रान्ति थियो
ऐले क्रान्ति भयो समस्त जनमा सन्त्रास पो फैलियो
कैले बन्द हुने कतै घन - घटा चक्का हुने जाम रे!
यी साह्रा अभिशाप हाय कसरी यो देशमा भित्रिए //२//