भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कस्तो बानी बस्यो! / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आफैलाई बिर्सिएर यो मन कतै खस्यो
तिमी नभै नहुने यो कस्तो बानी बस्यो ।

नलाऊँ माया भन्दै थिएँ
बिरसिलो बन्दै थिएँ
फेरि भेट्ने कैले होला
मिति पनि गन्दै थिएँ ।

कैले कसो यो मुटुमा तिम्रो माया पस्यो
तिमी नभै नहुने यो कस्तो बानी बस्यो ।

मायामोह निक्कै भयो
जेजे भयो ठिक्कै भयो
यस्तो फुल्यौ फूल तिमी
फूलबारी त फिक्कै भयो ।

तिम्रो फूलको लहराले कस्नसम्म कस्यो
तिमी नभै नहुने यो कस्तो बानी बस्यो ।

जूनजस्ती पनि छैनौ
छैनौ तिमी सुनजस्ती
यो जिब्रोमा पग्लिएकी
तिमी थोरै नुनजस्ती ।

यस्तो जुनी, यस्तो माया कसले किन रच्यो
तिमी नभै नहुने यो कस्तो बानी बस्यो ।