भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कहाँ छैन र ईश्वर यो संसारमा / सुमन पोखरेल
Kavita Kosh से
					
										
					
					कहाँ छैन र ईश्वर यो संसारमा
मेरो  हर यात्रा उसकै प्रदक्षिणा !
सुन्दछु  म  शब्द  जति  नै
वाणी  हो  सब   ईश्वर  कै
म जहाँ हेर्छु उसको  दर्शन हो
मेरो कर्म नै  उसको उपासना !
छुँदछु  म  जे  जति  ठाउँ
ढोगेको  हो  ईश्वरको  नाउँ
बेहोशी मै  म  कराए  पनि 
हो  ईश्वरको  नै   प्रार्थना !
खाएको   मैले  सबथोक  नै
चढाएको हो  नैवेद्य ईश्वरलाई
बोल्दछु  जे  म  नीत दिन
उसकै   नै   हो   आराधना !
जे छ मेरो, सबै  हो  ईश्वरको
यो  शरीर हो  मन्दिर  उसैको
हृदयको धड्कन हो भक्तिगान
मेरो हरेक सास उसको वन्दना ! 
	
	