भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कहाँ पुग्यौ भन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कहाँ पुग्यौ भन ए माया तिमी म त्यहीँ आउँदैछु
खेलेको हामीले त्यही ठाउँमा बसी गीत यो गाउँदैछु

सम्झना आउँछ त्यो पात्ले खोला सलल बगेको
ढुङ्गामा बसी तिमी र मैले कसम खाएको
नभेटी कहीँ तिमीलाई अन्त म त्यहीँ धाउँदैछु
खेलेको हामीले त्यही ठाउँमा बसी यो गाउँदैछु

त्यो बाटो हिँडदा रुखको आडमा लुकेझैँ गरेको
जिस्केर तिमीले चिमोट्दा खेरी दुखेझैँ गरेको
त्यही खेल खेली हाँसेर बस्न यो घर छाउँदैछु
खेलेको हामीले त्यही ठाउँमा बसी गीत यो गाउँदैछु