Last modified on 16 जुलाई 2017, at 08:35

कहिले आफैँसँग केही पाउन खोज्छु / राजेश्वर रेग्मी


कहिले आफैंसँग केही पाउन खोज्छु
बनाऊँ जिन्दगी भन्छु, भत्काउन खोज्छु

रात पनि कस्तो चकमन्न छ म जस्तै
ब्यु“झन्छु भन्छु सधैं तर निदाउन खोज्छु

हतास–हतास छु म, किन शून्यमा छु
भुल्न आफू, केही बोतल रित्याउन खोज्छु

पाउनु भन्दा धेरै, बरु गुमाएको जाती
कम्सेकम् तृष्णालाई त सजाउन खोज्छु

भैगो–नगरौं वाचा सँगै बाँच्ने, मर्ने
केही थोपा आँसुलाई बचाउन खोज्छु