भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कहिले तिम्रो पछ्यौरीमा अल्झेँ / रमण घिमिरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दीमा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

नदेखे झैँ बाटो काटी पर पुगी फर्की हेर्दा
तिमीसँग आँखा जुधाई मुटु भित्र राँको बल्दा
कहिले त नामै भूले आफू जाने ठामै भूले
तिमीलाई पच्छ्याई हिन्दा ठोकिएर कति लडेँ

कहिले तिम्रो पर्खाइमा अल्झेँ
कहिले आँखा तर्काइमा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

मेरा सपना तिमी तिरै हामफाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराए बास खोज्न थाले अचेल
खोजिरहुँ जस्तो लाग्छ भेटिरहुँ जस्तो लाग्छ
तिम्रो घरको छेउ-छाउ बसाइ सरुँ जस्तो लाग्छ

कहिले तिम्रो हँसाइमा अल्झेँ
कहिले कुरा गराइमा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ