भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

काँच / रोशन परियार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

समयको हातबाट
खसेको काँच हुँ

बिना आवाज टुक्रिएको छु
प्रत्येक झुर्कामा सिङ्गो देखिन्छु

कसैको आँखामा टल्किएँ भने
सम्झनुस्
पीडाका मुस्कानहरू
अत्यधिक चम्किला हुन्छन्

मलाई थाहा छ
फुट्नु भनेको सकिनु मात्रै हैन
फुट्नु भनेको फैलिनु पनि हो ।