भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
काँडाको जंगल / विमल गुरुङ
Kavita Kosh से
सिगरेट छाड्न
कति कोसिस गरिसकें
लाग्न थालेको छ आजकल
मैले मात्र
सिगरेटलाई छाड्न खोजेर
के हुन सक्छ र !
सिगरेटले मलाई छाड्नै सक्दैन
एउटा दुइटा
अवरोधहरुलाई उसले पन्छायो
तर, त्यत्रो काँडाको जंगललाई
उसले सपनामा पनि फाँड्नै सक्तैन
जाउ, आफ्नो अन्त्यष्टी पर्खंदै गर ठाकुर !
अति गर्यौ
मान्छे अब सुत्नै सक्तैन ।