भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

काँडा हुन्छ, मोड हुन्छ / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


काँडा हुन्छ, मोड हुन्छ, बाटो हो यो जिन्दगानी
हिँडिरहे पुगिनेछ, नपुगिने ठाउँ पनि

दुःख पनि केही छिन, सुख पनि केही छिन
एउटै हो बुझ्न सके दुःखसँग भाग्नु किन ?
कहिले आगो, कहिले पानी, माया हो यो जिन्दगानी
हिँडिरहे पुगिनेछ, नपुगिने ठाउँ पनि

कोही भुल्छ फेदीतिरै कोही पुग्छ शिखरमा
साहसीले खोज्छ बाटो एक्लै पनि अँध्यारोमा
आफ्नै हुन्छ सोच्ने बानी, आफ्नै हुन्छ जिन्दगानी
हिँडिरहे पुगिनेछ नपुगिने ठाउँ पनि