भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कादीयाना / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म—
रुग्ण छु कादियाना
उत्सवहरुले मनाइएको मृत्युमा
कति वस्तुहरुमा
अनुदित हुँदै .....
रुपान्तरित हुँदै .....
आरोहण गर्दैछ मान्छे सेता बगरहरु

कालो आकाशमा
रङ्ग का अलिखित इतिहासहरु
त्यत्तिकै मरेर गएका वर्षहरु .....
मलाई प्रष्ट थाहा छ

कादियाना —
यो विकृत सहरमा
हदबन्दी नाघेको उमेर बाँच्दै
कति मर्दैछ छातीमा आत्मीयताका जूनहरु
आशक्तिका राता फूलहरु
कस्तो भ्रम रैछ
कि जीवनको
ताराहरु उन्मुक्त हाँसो हाँसेर
असक्त जीवन भोगिरहेछन् ।