भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कामना / रीता खत्री
Kavita Kosh से
अनुहारमा
मुस्कान हराएपछि
के अर्थ रहन्छ र सौन्दर्यको
धेरै टेके
तिम्रा कोमल पाइतालाहरूले
काँडाको सडक
अब हामी साटौँ हाम्रो यात्रा
तिमी फूलहरूमा हिंड्नू
म काँडाहरूमा हिंडूँला
नलागोस्
तिम्रो जीवनको सुन्दर जूनमा
कुनै ग्रहण
पीरमा नदुखुन्
तिम्रा कमजोर मुटु
आँखामा आँसु होइन
ओठमा मुस्कान रोप्नु तिमी
तिमी खुसीको डुङ्गा चढेर पुग्नु
जीवनको पारि किनारा
म तरुँला दुःखको लामो समुद्र
तिमी नगाउनू
जीवनको कुनै उदास गीत
नसुन्नु कुनै शोक सङ्गीत
पीरको बाँसुरी म बजाउ“ला ।
मे लागि टाढा छ धेरै टाढा
फूलको सहर
घामको सहरजूनको सहर
त्यही सहरमा हराउनु तिमी
म
काँडाको सहरमा मौन उभिएर
हेरिरहुँला
तिम्रो मोनालिसा अनुहार ।