भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

काव्यमुहूर्त / वसन्त चौधरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कोही पनि त्यही बेला कवि हुन्छ
जब पर्यावरणमा रमिता खुल्छ
फूलका डाली डालीमा मात्र हैन
पात पातमै कविता फुल्छ !
प्रत्येक रूख, कान्त कलेवरमा
स्निग्ध उभिएकी नवयौवना
जब म पाउँछु
तब मसँग त्यो आँखा हुन्छ,
फलामै पनि मै झैं बग्छ पग्लिएर
हेर्दाहेर्दै,
वगर पनि सुनको नदी बन्छ -
धीमा धीमा बग्ने
जब आँखाले यसलाई छुन्छ !
यत्ति हल्का हुन्छ...
कि यत्ति हल्का म
म आफै पनि हुन्छु
मैमा विलीन
म स्वयम् मै विहीन
निर्मल निर्मल साँचो मन त्यही हो
जब मनै हुन्छ निर्मन निर्मन !
कस्तो विध्युन्मय धार
कविताको,
जब त्यसले छुन्छ
यति बद्लिन्छ
आँखासामुको संसार
जुन पनि अलौकिक,
कमनीय कविता बन्छ !