भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किनभने / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जसलाई समातियो
मध्ययुगिन यातनामा हालियो
अचेत पारियो
अदालतमा पेश गरियो
पागलखानामा पठाइयो
करेण्ट लगाइयो
अपाङ बनाइयो
जेल लगियो
चोटैचोट परेको उसको शरिर
अँध्यारो कोठामा फालियो
र,
फलामको ढोका बन्द गरियो
खन्द्रङ्ग ...
किनभने
उ इमान्दार थियो ।