भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किन प्रष्ट छैनन् गान मेरा ? / भवानी भिक्षु

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भनेर छन्--'अल्झिएका, प्रष्ट छैनन् गान मेरा !'
एउटा सानो मुनाले कोपिलामा लिई शिशुता
खेल्दै हलुंगो हावासित लाज मान्दै नेत्र खोल्यो:
 रश्मिले मिली सुम्सुम्याए, चराहरूले गीत गाए
रूप मादक, रंग आयो, बासले यौवन उडेल्यो :
चार दिनको खेल खेली मन्यो, सुक्यो औ बिलायो
मूकतामा छैन उत्तर- 'किन बिगार्‍यो, कसरी ल्यायो ?'
गीत यै, तर भनोस् के अब- 'हुन् यिनै इतिहास मेरा !'
भनेका छन् 'अल्झिएका प्रष्ट छैनन् गान मेरा !’

गति गायो प्राण, मनको भयो 'दुर्वलता-कहानी'
आँसु पोख्यो वेदनाको- हाँस्नलाई भयो 'पानी'
"चाह हो "अधिकार" उम्‌र्‍यो लिई मानिसले यही वर !
चाहनु नै जगत्‌मा अभिशाप भो ठूलो, महत्तर !
खोज, आग्रहका अनेकौं छन् कति आक्रोश, तैपनि
दिन सकेन हिसाब मानवले मनुजताको कतै पनि !
भनोस् 'किन'- को कसरी मानवले – यही यी जवाफ मेरा !
सबैले तैपनि भनेछन्-- 'प्रष्ट छैनन् गान मेरा !'

एक दिन सोच्नैपयो--'गाऊँ कुनै संगीत मधुमय !’
एक दिन आयो नमानी अश्रु गर्‍हुँगो वेदनामय !
एक दिन यस रिक्ततामा ज्योति पुञ्जोभूत आयो
एक दिन त्यै कौमुदीले निविड तम ल्याई लुकायो :
कताबाट वक्षमा कुन पीर पाली यता फर्कें
औ कतातिर के लिएर सबै बिर्सी आज लम्कें !
मात्र स्वर : गति, लय नआफनो फेरि अब कुन ताना मेरा?
भनेका छन् किन सबैले ? - 'प्रष्ट छैनन् गान मेरा !'

मौन आँखामा यी कतिका निवेदन भोग्यो जगत्‌ले
मूक आँखामा र कतिका अपरिचय देख्यो जगतले :
छन् यहाँ आशा-क्षितिजपारि सबै परिहार तिनका :
लिन सकिने केही छैनन् छन- 'उद्गार तिनका' !
चाहनाको, भावनाको, कल्पनाको-दीन मानव !
तारतम्यविहीन मानव, विवश, विचरा, हीन मानव !
'हीन मानवको कहानी'- सधैं स्वप्निल तान मेरा
यसैलाई भनेका छन्- 'प्रष्ट छैनन् गान मेरा !'

....................................
शारदा, ९|९, पौष २०००