Last modified on 16 जुलाई 2017, at 09:19

किन मान्छे ज्यूँदो लास देखिन्छ / राजेश्वर रेग्मी


किन मान्छे ज्यूँदो लास देखिन्छ
सहरमा यस्तो एकनास देखिन्छ

सकारे न तिमी लीलाममा चढ्छौ
बिना मोलमै पाउने आश देखिन्छ

जीवन उहिल्यै गुमाई सकेर,
मरिन्छ कि भन्ने त्रास देखिन्छ

मूल्य बेचेरै’ नि खरिद गरेको
तिनैका ठूल्ठूला आवास देखिन्छ

सपना भुलेर तिमी फर्के हुन्छ
यसैमा जीत एकतमास देखिन्छ