भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
किसानको रहर / लक्ष्मीप्रसाद देवकोटा
Kavita Kosh से
सानो छ खेत, सानो छ बारी,सानै छ जहान
नगरी काम, पुग्दैन खान,साँझ र बिहान।।
बिहानपख झुल्किन्छ घामदेउराली पाखामा
असारे गीत घन्किछ अनिसुरिलो भाकामा।।
काँधको शोभा हलो र जुवाहातमा कोदाली
जीवन धान्न गर्नु नै पर्नेउकाली ओराली।।
छुपु र छुपु हिलोमा धानरोपेर छोडौला
बनाई कुलो लगाई पानी आएरगोडौला।।
भनेर सानी पटुकी रातोबाँधेर झरेकी
धमिलो खोला बाढीले होलाकसरी तरेकी।।
गालामा साना पसिना दानामोतीझै खुलेकी
घाम र पानी भोक र तिर्खाकसरी भुलेकी।।
सुसेली हाली बयली खेल्छबतास रातमा
जूनले पोख्छ शीतका थोपाधानका पातमा।।
सुनौला बाला झुलेर होलाभुइँलाई छोएको
फलेको हाँगो कहिले छ र न निउरी रहेको?
हिमाल हाँस्छ मिलाई सेतादाँतका लहर
किसान बनी जहान पाल्ने योमेरो रहर।।