भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कुखुरा बास्यो / रवीन्द्र शाह
Kavita Kosh से
					
										
					
					कुखुरा बास्यो बिहानी हाँस्यो 
फेरि प्रीति लाउँछ्यौ कि लाउँदिनौ ?
फूल फुल्यो बासना चल्यो 
फेरि माया आउँछ्यौ कि आउँदिनौ ? 
लेक बेँसी ढाकिहाल्यो लहराले आज
मुख छोपी पछ्यौरीले किन मान्छ्यौ लाज ? 
पङ्ख खोली मुजुर नाच्यो 
मेरो गीत गाउँछ्यौ कि गाउँदिनौ ? 
पहरालाई शितल दिने छहराको पानी
गाई बाछो धपाई हिँड्ने सुकुमारी नानी
फूल टिपी माला त गाँस्यौ 
मेरो आशिष पाउँछ्यौ कि पाउँदिनौ ?
 
	
	

