भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कुराको खेती / हेमन्त श्रेष्ठ
Kavita Kosh से
कुरा कुरा कुरा कुरा कुरा
कुरा कुरा कुरा कुरा
कुरा कुरा कुरा
कुरा कुरा
कुरा !
राता, पहेला, हरिया, नीला
लहलह
अहा ! कति मजाले झुलेका छन्
कुराका बालीहरु ।
नेपाल
कुराप्रधान देश हो
हामी
कुराको खेतमा
कुराको बीउ छर्छौं
कुरा उमार्छौं
कुरा गोड्छौं
कुरा फलाउँछौं
कुरा काट्छौं
कुरा सुकाउँछौं
कुरा पकाउँछौं
कुरा खान्छौं
र कुरै बिस्ट्याउँछौं
नेपाल
कुराप्रधान देश हो
हाम्रो जीवन
कुराको खेतीमा आधारित छ
कुरा नभए
हामी हुँदैनौ !