भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कुरा कथाका / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

समाते उनैले
कलाको धुनैले ।
नियात्रा उराले
कथाकै कुराले ।।
(१)
कतै आँकुरामा
यिनै पाखुरामा ।
समाते चुराले
कथाकै कुराले ।।
(२)
नियाल्थे कुनैले
चिनेका उनैले ।
झुले झैं सुराले
कथाकै कुराले ।।
(३)
म सम्झन्छु ऐले
र बल्झन्छु ऐले ।
थिचेका जुराले
कथाकै कुराले ।।
(४)
कथा बैंस जस्तो
कथा ऐस जस्तो ।
पिएथ्यौं पुराले
कथाकै कुराले ।।
(५)