भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कृष्ण भएछु / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१. म
    जाबो एक गोठालो त थिएँ नि गाउँमा।
    बाँसुरी बजाउँदै गाइगोरू चराउँथें
    एकलै।
    अनि एक दिन राधा
    खेताला जाँदाजाँदै
    मेरो बाँसुरीधुन सुन्न उभिन्।
    त्यै दिनदेखि म त
    कृष्ण भएछु !


२. म
    यौटा मिथकको पात्र मात्रै थिएँ
    शब्दहरूको चाबीले चल्मलाउने
    शब्दलीलाद्वारा खेलाइने।
    तर जब मीरा मकहाँ
    एकतारे बजाउँदै गाउँदै आइन्
    त्यै दिनदेखि म त
    हाड्मासुले बनिएको
    कृष्ण भएछु !