Last modified on 16 जुलाई 2017, at 08:18

केही आए, मसँग कुन्नि / राजेश्वर रेग्मी


केही आए, मसँग कुन्नि के पाउन आए
छुरी घोचेर पीठमा हात मिलाउन आए

दिनहरु शायद उदाशीमा बिते तिनका
गुमाएर होश, मध्यरात बिताउन आए

कविता, गजलमा आफ्नो दिलचस्पी छ
बन्द गर्दै गीत, भजन सुनाउन आए

ल्याइदिएर जीवनमा धक्का भूकम्पको
हठात् के लडेथें म, समाउन आए

प्राप्ति मबाट खै, के चाहिँ लिने होला
बिर्सिएर सबै भूल, मीत लगाउन आए