Last modified on 4 दिसम्बर 2020, at 08:33

केही छैन त्यसको उपाय / चार्ल्स बुकोवस्की / सुमन पोखरेल

हदयमा एउटा ठाउँ हुन्छ
जो कहिल्यै पनि भरिँदैन

एउटा ठाउँ

र सर्वोत्तम क्षण
र सुन्दरतम् बेलामा
समेत

हामी त्यो थाह पाइरहेका हुन्छौँ

हामी सधैँभन्दा
गतिलोसँग
थाह पाउँछौँ

हदयमा एउटा ठाउँ हुन्छ
जो कहिल्यै पनि भरिँदैन ।


पर्खेकोपर्ख्यै गर्छौँ
त्यस ठाउँमा ।


इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ