Last modified on 12 मई 2020, at 22:08

केही नहोस् यी हाम्री चेलीलाई / लक्ष्मण लोहनी

केही नहोस् यी हाम्री चेलीलाई
दु:ख पीर हे दैव फूल झैँ होस्

तिम्रो भाग बसन्तले ढकमक्क परोस्
लच्छिनले तिम्रो घर आफ्नो बास सरोस्
तिम्रो शिरमा लालीगुँरास नओइलियोस् कहिले
तिम्रो दिलमा दया क्षमा नअस्ताओस् कहिले

कुबेरले ढुकुटीमा सधैँ बास गरुन्
अरुणले अँगेनीमा सधैँ ज्योति छरुन्
हृदयमा देशप्रेम जून जस्तै छाओस्
अष्टसिद्धि पछ्याएर तिम्रै घर अओस्