Last modified on 7 मई 2020, at 22:19

केही मिठो बात गर रात त्यसै ढल्किँदै छ / कालीप्रसाद रिजाल

केही मिठो बात गर रात त्यसै ढल्किँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ

रमाइलो कुरा गर सपनाको कुरा गर
सँगसँगै बिताएका सम्झनाको कुरा गर
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ

आउ नाचौँ अँध्यारोमा जूनकीरी नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौँ छुट्टिनु त छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ