भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही यस्ता भङ्गालाहरू / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खोलाको लहरमा जुनेलीको बिम्व पोखेको छैन भने
किनारमा केही घडी रात बिताएको के मतलब हुन्छ
त्यो निर्मायाको सम्झनामा केही क्षण पनि भिज्न पाइएन भने
गिलासको गिलास यहाँ रक्सी रित्याएको के मतलब हुन्छ र
मेरो एक साथी छ, टाउको छात्तीमा बोकेर हिँड्छ ऊ
र भन्छ यो पहाड आकाश पग्लिने ठाउँ हो
एक सर्को चुरोटको धूवाँमा उसको भावनालाई उडाएर
म भन्छु होइन साथी यो पहाड मात्र
हामी जस्तो पुड्काहरूको ठाउँ हो।
आमा चाहिँको सूर एउटै छ, बिहानबेलुकी
उसकै हातले भात पस्किनु पर्छ।
वैँशले गजक्क फुलेकी छोरी छे, बाटाघाटो
जताततै मस्किनु पर्छ
जुनीभरि चपरासी चाकरी गरेर अवकाश
पाएको बाबू भने
बाँकी जिन्दगी सम्झेर सधैँ सधैँ
सपनामा पनि झस्किनु पर्छ।
ऊ यसरी मेरो जीवनमा आउँछ भनेर
मलाई थाह थिएन
उसले पनि कतै मसित माया लाउँछ भनेर
मलाई थाह थिएन
इन्द्रेणी सपनाहरू साटासाट गरेर हामी पनि
एकै भयौँ तर अफसोस 195द्र उसले यसरी बदनाम गराउँछ भनेर
मलाई थाह थिएन।
यस्तो लाग्छ कहीँ हामी इतिहास195र्‍ारा
श्रापित छौँ,
विद्रोह र क्रान्तिको सीमानाबाट सधैँ
निस्कासित छौँ।
कुनै ठूलो गल्ती गरेको हुनुपर्छ विगतमा
हामीले यो धर्तीलाई
यसैले त जहाँ र जुनै ठाउँमा पनि हामी
विस्थापित छौँ।