भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही हाइकु १ / ज्ञान उदास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


गहिरो मन,
आशाको फूलवारी
कोपिला फुल्यो ।

गोधुली याम
सपनाको बस्तीमा
आँखा लोलायो ।

मन फुलेको
गाउँ बस्तीहरूमा
मनै हरायो ।

हरियो दूवो
तिम्रा सजल आँखा
मीठो सपना ।

नेपाली-भाग्य
नयाँ नेपाल, साथी
कस्तो छ रूप ?

जाडोको याम
माथि लेकको बस्ती
गीत बजेन ।