Last modified on 6 जनवरी 2017, at 10:17

के छ र दिऊँ तिमीलाई मैले / म. वी. वि. शाह

के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर

के छ र अरु मसँग दिऊँ कविता छोडेर
कोरेको थिएँ त्यही दिऊँ भनी मेटियो झस्केर

ल्याएको थिएँ गीत यो दिन तिमीलाई भनेर
पवन बिच बिलाइगयो त्यो पनि गएर

ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर
तस्वीर थियो मसँग एउटा राखेको खिचेर

पुरानो भ-ई त्यो पनि आज, गएछ रोएर
दियेको थिएँ मायाले एउटा चिनो है भनेर

त्यो पनि फिर्ता दिऊँ कि भन्दा गएछ खिएर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर