भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कैदी / विमल गुरुङ
Kavita Kosh से
कैदमा परेका मेरा साथिहरु,
तिमीहरु थुनिएको खबर सुनेर
म कत्ति पनि पछि हटेको छैन
बरु,
थाहा पाएको छु
अझ होसियारी साथ अघि बढ्नु पर्ने कुरा
बरु,
थाहा पाएको छु
अझ शतर्कतासाथ अघि लम्किनुपर्ने कुरा ।
तिमिहरु थुनिएको खबर सुनेर
मभित्र रगतको एउटा ज्वालामुखि भड्केको छ
म अझ दृढ भएको छु
मेरो मुटु अझ भयहिन भएको छ
म अझ बढ्छु अगाडि
अझ मान्छेहरु जागेका छैनन्
जाग !
ब्युँझ !
उठ, कमाराहरु
जागेपछि मान्छेहरु
उनीहरुलाई रोक्नसक्ने बिश्वमा कुनै शक्ति छैन
प्रत्येक पर्खाल बिरुद्ध भूकम्प भएर जाग ।
कति सुत्छौ ?
अब उठ
डर, त्रास र संत्रासहरु फ्याँक
अब उठ
हत्कडी, नेलकडी र नालबन्दीहरु फ्याँक
अब उठ ।