भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कोसेली / फरोग फारुख्जाद / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म बोलिरहेछु रातको भित्रपटीबाट,
चरम अन्धकारको केन्द्रबाट बोलिरहेछु म
म रातको अथाह गहिराइबाट भनिरहेछु।
 
यदि कुनै दिन तिमी मेरो घर आयौ भने, साथी
मेरा लागि एउटा बत्ती र एउटा झ्याल ल्याइदिनू
जसबाट मैले
घर अगाडिको हर्षविभोर बाटामा हिँडिरहेको
परसम्मको भीड हेर्न सकूँ।