भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

को हो त्यो ? / पारिजात

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क्लान्त प्रकृतिको सान्ध्य-सुधाको साथ बहेर
मेरो सुस्ताएको अन्तर वेदना झस्काएर
कस्को हो त्यो स्पर्श ? रुन बाध्य गराउने
भर्खर उठेको बोझिल उषाको
पलकपछाडि लुकेर
तिरिमिरि प्रभातको नव-रश्मिको
रक्तिमाभित्र लुकेर
कसको हो त्यो छाया ? मलाई झस्काउने !!