भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

को हौ तिमी? / यू.आर.अनन्तमूर्ति / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लण्डनमा, ‘तिमी को हो” भनेर कसैले सोध्दा
“म इन्डियन हुँ’, मानौँ
‘म पाकिस्तानी हैन’ भन्न खोजेझैँ।

दिल्लीमा, म कन्नाडिगा हुँ
बैङ्गलोरमा, मलन्दी
शिमोगामा, म तिर्थालीको हुँ
तिर्थालीमा, म मेलिगमा जन्मेको

मेलिगमा सोध्ने आवश्यकता छैन
म यो जातको हुँ, फलानाको छोरो

म माथिका सबै हुँ, कुनै प्रयत्नबिना
मलाई त्यस्तो लागेकोमा क्षमा गर्नु होला।

मेरी हजुरआमा स्वर्गे हुनुभो’,
वहाँकी हजुरआमाजसरी,
देउताको कोठामा भएको अङ्खोराको
गङ्गाजल खाएपछि मात्र।
गङ्गा अझै छिन्
त्यही काइलागेको अङ्खोरामा ।

मेरो जसरी ठेगाना बताउनुपरेको थिएन हजुरआमाले
न त याज्ञवल्क्यले नै बताउनुपरेको थियो ।

प्रणाम! ती तमाम प्राचीन वृत्तान्तलाई।