भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खडेरी परेको छ आज जिन्दगीमा / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


खडेरी परेको छ आज जिन्दगीमा
खै कुनै बीजले यहाँ अङ्कर हाल्न सकेन !
असङ्ख्य धाँजा बोकेर अनुहारभरि
बाँझिएको छ एकतमासले यो जिन्दगी ।
के काम यहाँ बाँझो जिन्दगीको ?
आँखाभरि केवल नैराश्य !
त्यसैले त यहाँ चाहिएको छ -
वर्षामा बौलाएको बह्रमपुत्रको एउटा भेल,
चाहिएको छ - चाहिएको छ जिन्दगीमा
उथल-पुथल मचाउने -
प्रलयको एउटा सानो खेल ।