भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खै त मुटु ? / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मुटु खोजेको मैले
एउटा मुटु ।

जति बाँड्दा पनि नसकिने
धर्तीजस्तो त्यो मुटु
म बाँड्न सकूँ चोटहरूलाई
त्यो मुटु म
बाँड्न सकूँ
जीवनहरूलाई
मृत्युहरूलाई ।

बाँड्न सकूँ म
त्यो मुटु
खोला र खहरेहरूलाई
पहाड र शिखरहरूलाई
फाँटहरू र तराईहरूलाई ।

मैले
खोजेको एउटा मुटु
म बाँडन सकूँ
पृथ्वीहरूलाई ।