भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खोलाको तीरैमा बसिरहँदा / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खोलाको तीरैमा बसिरहँदा मायालु
मन बग्छ खोलासितै कताकता मायालु

पर्खेर बसेँ आउँछ कि भनी तर्केर गएछ
जिन्दगीभरि लेखेको कथा अधूरो भएछ
आकाश नीलोमा हेरिरहँदा मायालु
मन उड्छ माथि अझै कताकता मायालु

जसलाई आफ्नै ठानेको थिएँ बिरानो भएछ
भर्खर मात्रै उनेको माला पुरानो भएछ
सुनाखरी टिपेर उनिरहँदा मायालु
मन चुँड्छ मालासितै कताकता मयालु