भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गद्य-गीत / विजय मल्ल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


त्यो पर माथि आकाशमा,
दिउसै दिन रोएको, छटपटाएको,
आँसु-झारेको
तिमीले देख्यौ ?
यसरी विस्मयले सोधेको मलाई अ-
हिले संझना छ ।
प्रिय ! उहिले वायुमा ओसारिएका
सुस्केराहरुलाई
कान थुनी धिक्कारेको, म संझन्छु ।
त्यो रुने वृहत आकाशको कमजो-
रीलाई, व्यथाले दुहेको त्यो वर्षालाई
घृणा गरेको, अहिले म संझन्छु ।
त्यो व्यापक रुञ्चे आकाशभन्दा
आफूलाई बलियो संझेको,
ओहो अहिले संझना छ ।
प्रिय, अहिले भने, -
वायुमा सुस्केराहरु मेरै ओसारि-
न्छन्, मेरै निराशाहरु त्यो डाँडाभन्दा
माथि माथि उडछन् ।
अनि माथि आकाशमा आँधी
उठाउँछन् वर्षा वर्षाउँछन् ।
उफ ! प्रिय ! मेरो यो वियोगको
छिनमा वर्षा त्यहाँ, बढ्यो होला !
आकाश त्यहाँ रोयो होला !

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)