गन्तव्य / सविता गौतम दाहाल
दुःखको छानो चुहिदै
एकदिन मक्कीने
विश्वासमा
पीडाले सहिरहदां रापहरु
दर्दले सेकिरहदाँ तापहरु
नसकेर बोल्न
चिसोमा कठाङिग्रई रहे भित्ताहरु ।
उक्कीएका माटो खसेर
टाटीमा एक्लै हावा दोहोरी खेलेको
एकटक हेरिरहदा
सिसाविहिन झ्याल
भइसकेको त्यो दृश्य
नसकेर हेर्न
कुखुरा पनि खोर छाडेर
पसिरहे ज‘गलतिर ।
यो ठाउं नफापेको संकेत
सारा रीनले दिइरहदां
बसाई सर्ने सोच ओर्लिरहेथ्यो
परपरको बेंसीतिर
छोडेर लेकको हावापानी
हृदयका धडकन एउटा गन्तब्य
सजाउंदै मनमा
लम्कीरहे त्यतैतिर ।
बांकीनै थिएनन् रोक्ने कोही
छेक्ने कुनै वार सद्दे नरहदां
एक्लिएको क्षण
पछयाउंदै नयां आशको कीरण
समुन्द्र किनारमा पुगेको वेला
लागिरहयो
पक्कै कतै एक जोर सुन्दर आंखा
पर्खिरहेछन, चाडैं आओस
सात समुन्द्र पार गरेर “म” नेर जस्तो आभाषले
दिइरहयो एउटा शितलता
रमाएर हिडिरहे धडकनहरु
भूलेर एकोहोरो विगत ।