Last modified on 17 फ़रवरी 2022, at 14:58

गर्छिन् पुकार आमा / म. वी. वि. शाह

गर्छिन् पुकार आमा रोई कराई जोडले-
'होइन मेरो' भन्छिन् सन्तान थरीथरीका ।'

कोही धनी असाध्य, कोही गरीब माग्ने,
'सक्दिनँ देख्न' भन्छिन् सन्तान थरीथरीका ।'

नाङ्गो छ आङ कहीँ, कहीँ पोसाक मखमल,
'सक्दिनँ हेर्न' भन्छिन् 'सन्तान थरीथरीका ।'

सुनको थाल काहीँ, काहीँ छ पात खाली,
'सक्दिनँ सुन्न' भन्छिन् 'सन्तान थरीथरीका ।'

भन्छन् 'महल' कसैका, काहीँ छ चुथ्रो झुप्रो
'सक्दिनँ सहन' भन्छिन् 'सन्तान थरीथरीका ।'