गलत मान्छे - २ / अभय श्रेष्ठ
केही डरलाग्दा आँधीका झोक्काहरू
पुर्व-पश्चिम, उत्तर-दक्षिण गरिरहेका थिए
उड्न थालेका थिए
मान्छेका आवाज, संवेदना र सम्झनाहरू
आकाशबाट पनि र्झन थालेका थिए रगतका धाराहरू
र, कुहिएका मासुका असिनाहरू ।
काला मेघहरू उत्तरबाट दक्षिण हुँदै
गड्याङ्गुडुङ् गरिरहेका थिए
धरतीको सुकोमल छातीमाथि
चट्याङ प्रहार गरिरहेका थिए ।
तर, म भने
आलो मृत्युको गन्धविरूद्ध
जीवनको सुमधुर संगीतलाई र्स्पर्श गरेर
जीवनकै सुवासिलो हावाको कुरा गरिरहेको थिएँ
नजिकै र्सर्रर हावा छरिरहेको थियो फूल
त्यसलाई पनि बारम्बार र्स्पर्श गरिरहेको थिएँ ।
एउटा बचेरा जीवनको खोजीमा
छट्पटाइरहेको थियो
त्यसका खुट्टा र पखेटा काटिएका थिए
त्यसलाई काटिएका खुट्टा र पखेटा फिर्ता दिलाउने प्रण गरिरहेको थिएँ ।
सायद त्यसैको अभियोगमा
मृत्युको वातावरणमा जीवनको कुरा गरेको अभियोगमा
मानिसहरू मलाई खतरनाक चेतावनी दिइरहेका थिए ।
तिनै मानिस हिँडिरहेका थिए निर्धक्क
जसले रोपिदिएका थिए मेरो पिठ्यूमा छुरी
र, हानिदिएका थिए मेरो कोखामा गोली
तर, छुरीले पनि मेरो मृत्यु भएन
गोलीले पनि मेरो मुत्यु भएन
र, म हिँडिरहेँ
पिठ्यूँमा रोपिएको छुरी
र, कोखामा गाडिएको गोलीसहितको शरीर लिएर
हो ,हिँडिरहेँ
जीवनको संगीतलाई र्स्पर्श गरेर
जीवनको खोजीमा छटपटाइरहेको
त्यो एउटा बचेरा लिएर निरन्तर हिँडिरहेँ ।