Last modified on 2 जून 2017, at 12:18

गल्ती मेरै हो प्रेम गरेर मासिएँ / निमेष निखिल


गल्ती मेरै हो प्रेम गरेर मासिएँ
तिम्रा नजरबाट झरेर मासिएँ
 
हेर्न सकिनँ वेदना कसैको पनि
अरूकै दुखमा परेर मासिएँ
 
तमासे भएर कहाँ बस्न सक्थेँ
जोखिममा अगाडि सरेर मासिएँ
 
बल्झेर घाउझैँ भत्कियो जिन्दगी
आँसुको खहरे तरेर मासिएँ
 
टुटे सबै साथ जब एक्लिएँ म
प्यालामा मदिरा भरेर मासिएँ।