भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गहिरो निदमा / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गहिरो निदमा धडकनले बोलाएपछि
आउनु तिमी सपनीमा, सबै निदाएपछि

एकान्तको भेट मीठो माया गर्नेहरूलाई
फर्किएर जानु तिमी, जूनले चिहाएपछि

मनभरी उज्यालो बोकी पर्खिरहेँ तिमीलाई
आयौ तिमी मेरो मनको घाम अस्ताएपछि

के के भन्छन् अरूले कुन्नि उनको वर्णनमा
राम्री लाग्छिन् उनी मलाई, गाजल लगाएपछि ।

लेखाइ नै राम्रो हो तेरो वा, गायन हो राम्रो
वर्षात हुन्छ सानु, तैँले गजल गुनगुनाएपछि