Last modified on 12 मई 2017, at 08:59

गाँठी कुरा / देवान किराती

कोक्पाले रामायण पढ्यो
र राम आशिष् दियो

आपाले माक्र्सवाद पढ्यो
र माक्र्स आशिष् दियो

आमाले “दन्तेकथा” भन्यो
र राजकुमारझैँ बन्नू भन्यो
दन्तेकथाकै ।

यस बेला म
न त कोक्पाको
न त आपाको
न त आमाकै
हुन सकिरहेको छु
तै म आपूm हुनुको अर्थ
..............सोधिरहेको छु
..............खोजिरहेको छु

जुन
    कोक्पाले
    आपाले
    आमाले
बिर्सिएको थियो इतिहासमा