Last modified on 21 अगस्त 2020, at 22:09

गाइरहोस् यो रात / लोपा बनर्जी / सुमन पोखरेल

बग्दै गरेका छाया,
खुल्दै गरेका रातका कमनीय पञ्जा,
गुन्जिरहेका पदचापका मधुर ध्वनी,
जूनको प्रकाशले टाँगेका चाँदीका पुल ।

अँध्यारो जङ्गल,
रुखहरूको घना चँदुवा,
निष्पट अन्धकार,
आकृतिचित्रहरूका असित छापले
बुट्टा कोरिँदै गरेका बोक्रा ।

चम्किरहेका तारा,
सुसाइका आवाजहरू,
जून यसै गरी अडिइरहोस्,
र हामी प्रणयमा विलिन हौँ ।