भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू १२ / रेमिका थापा
Kavita Kosh से
पुल चाहियो
गाउँमा
हिँडनलाई होइन
मनसँग मन जोड्नलाई
मनसँग मन
मिल्नलाई
खोला तरेर म पारी
आउन चाहन्छु
खोला तरेर तिमी वारी
आउन चाहन्नौ ?
तिमी के चाहन्छौ ??