भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू १४ / रेमिका थापा
Kavita Kosh से
गाउँ भनेको नितान्त एक्लो कुरा
होइन,
चाउरिएको समुद्रले चारतिर
घेरेको टापूजस्तो !
खोलाले छोडिराखेको सुनसान बगर
घाम झुल्कँदा घाम अस्ताउँदा
चिरबिरे चराहरूका
छिरबिरे सपनाहरूले गुञ्जाइराखेको
हुन्छ गाउँ !
आफ्ना भाल्डाङ भुल्डुङ सपनाहरूले
घेरिएको हुन्छ गाँउ
सपनाहरूले नै त जिँउदो राख्छ गाउँलाई !